Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

पत्रकार महासंघ सिरहा शाखाको १४ औं  साधारण सभा सफलतापुर्वक सम्पन्न


२०८१, वैशाख १३ बिहीबार

  • 135
    Shares

  • पत्रकार महासंघ सिरहा शाखाको १४ औं  साधारण सभा सफलतापुर्वक सम्पन्न

    सिरहा।नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं  साधारण सभा सफलतापुर्वक लहानमा सम्पन्न भएको छ । सिरहाकाे लहान स्थित मखन भाेग स्वीट होटेल मा  नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहा अध्यक्ष  मनाेज बनैताको अध्यक्षता , नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव दिपेन्द्र चाैहानको प्रमुख आतिथ्य , नेपाल पत्रकार महासंघका  केन्द्रीय  सदस्य केपी लामीछाने र नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव  श्याम वनजाराको आतिथ्यमा साधारण सभा  सम्पन्न भएकाे हाे ।

    images

    बुधवार आयाेजित कार्यक्रममा निवर्तमान अध्यक्ष  दिनेश्वर प्रसाद गुप्ताले शुभकामना मन्त्वय दिदै समाजमा हुने राम्रा र नराम्रा पक्षको उजागर गर्न  असल पत्रकार हाे । जाे गरिव र दुखिया पक्ष नबाेल्ने र प्रहरी प्रशासन लगायतका तस्करहरुसंग हैसियत बनाउने चियापान खानेहरु पत्रकार हाेईन । अवाज विहिन जनताकाे बाेली बनिदिने मात्र पत्रकार हाे । पत्रकारले सही रुपमा कलम चलाउन नसके झन विकृति मौलाउने आएकाे छ ।

    पानीको छानेर समाजलाई विसंगति मुक्त बनाउन संचारकर्मीका ठूलो भूमिका रहन्छ। त्यसकारण पत्रकार कतैको पनि पक्षमा नभइ सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्ने बताए। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासंचिव श्याम वनजाराले समाज परिवर्तनका संवाहक पत्रकार पनि भएको कारण जिम्मेवारी अनुसार कलम चनाउनु पर्ने बताए ।

    कार्यक्रममा सचिव शिव दयाल यादवले सांगठानिक प्रतिबेदन पेस गरेका थिए ,भने कोषाअध्यक्ष वीरेन्द्र नेपालले समेत आफ्ना भनाई राखेका थिए । सहभागी पत्रकारहरुलाई उपलब्ध गराइएको समय सीमाभित्र पत्रकारहरुलेआ आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रममा पत्रकारहरुको जिज्ञासाहरुलाई प्रमुख अतिथि लगायतले जबाफ दिएका थिए । कार्यक्रमको अन्तमा सचिव शिव दयाल यादव र सह सचिव राजेन्द्र महतोले सहभागी सबैलाई प्रेस लिखित टी शर्ट वितरण गरेका थिए

    प्रतिक्रिया दिनुहोस