Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

पर्सा प्रहरीले सवा चालीस लाख बढीको राजस्व छली गरी लान खोजेको मालवस्तु नियन्त्रणमा लिई पथलैयामा बुझायो

पर्सा प्रहरीले सवा चालीस लाख बढीको राजस्व छली गरी लान खोजेको मालवस्तु नियन्त्रणमा लिई पथलैयामा बुझायो

  • काठमाडौं । पर्सा प्रहरीले सवा चालीस लाख बढीको राजस्व छली गरी लान खोजेको मालवस्तु नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।जिल्ला प्रहरी पर्साले विशेष सूचनाको आधारमा खटाएको प्रहरी टोलीले बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको हो ।

    पर्सा प्रहरीले जनाए अनुसार बैशाखा १२ गते साढे पाँच बजे विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर आईसीपीबाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा सो कार्यालयबाट खटिएको चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ अलौ स्थित सडकखण्डबाट बीआर बीआर जीरो फाइभ जीए नाइन जीरो फोर टु  नम्बरको मालवाहक पिकअप र बीआर टुटु क्यू सेभेन सेभेन टु सेभेन  नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको थियो ।

    तिनमा लोड रहेका  मालवस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, अनलाइन भीसीटीएस बिल बिजक भन्दा बढी लोड रहेको आाशंका गरी प्रहरीले त्यसमा रहेको मालवस्तुको अन्दाजी आकलन गरेको  प्रहरीले विज्ञप्तिमा जनाएको छ ।मालवाहक पिकअप र ट्रयाक्टरमा चालीस लाख छतीस हजार दुई सय एक  बराबरको  विभिन्न किसिमका कपडाहरू आवश्यक कारवाहीको लागि बैशाख १३ गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij