Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पिपुल्स पावरको साधारण सभा वैशाख १७ गते , ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 621
    Shares

  • पिपुल्स पावरको साधारण सभा वैशाख १७ गते , ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । पिपुल्स पावर कम्पनीको २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते बस्दैछ । सभा, लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।
    आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गरिसकेको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिइसकेको छ । 

     

    प्रतिक्रिया दिनुहोस