Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

खेल क्षेत्रको बजेट बढाउन जरुरीः नेता महत


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 522
    Shares

  • खेल क्षेत्रको बजेट बढाउन जरुरीः नेता महत

     

    त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताउनुभएको छ । 

     

    नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताउनुभएको हो । 

     

    “आगामी आवको बजेट विनियोजनमा खेल क्षेत्रमा बजेटको आकार बढाउँछाँै भनेर पूर्वउद्घोष गरिसकेका थियौँ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार बजेटको सिलिङ पेस गर्न खेलकुद मन्त्रालयले कार्यदेश पाएको छ । यसबीचमा सरकार परिवर्तन भए पनि उक्त कार्यदेशको सम्बोधन हुनेछ भन्ने विश्वास छ ।”

     

    खेल क्षेत्रमा बढाइने बजेटबाट भौतिक संरचनाको निर्माण, नयाँ जनशक्तिको उत्पादन र राष्ट्रिय एकतामा सहयोग पुग्ने हुदाँ त्यसको नतिजा चौतर्फी रुपमा सकारात्मक आउने प्रवक्ता महतको भनाइ छ । 

     

    उहाँले खेलकुदका गतिविधि बढाउन, खेल क्षेत्रलाई प्राथमिकता दिन र खेलाडीलाई आर्थिक रुपमा मजबुद बनाउ थप नयाँ कार्यक्रम ल्याउन तीनै तहमा रहेका सरकारलाई आग्रह गर्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस