Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

बाइडेन र नेतान्याहुबीच गाजामा सहायताका लागि क्रसिङ खोल्ने इजराइली योजनाबारे छलफल


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 327
    Shares

  • बाइडेन र नेतान्याहुबीच गाजामा सहायताका लागि क्रसिङ खोल्ने इजराइली योजनाबारे छलफल

     

    images

    वासिङ्टन ।अमेरिकी राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुबीच उत्तरी गाजा क्षेत्रमा मानवीय सहायतामा वृद्धि गर्ने उद्देश्यले थप क्रसिङ खोल्ने इजराइली अभिप्रायबारे टेलिफोन वार्ता भएको छ । 

     

    सहायताका लागि उत्तरी गाजामा प्रवेश गर्न अनुमति दिन कर्नी र इरेज क्रसिङहरू इजरायलले गेट ९६ सँगसँगै पूर्णरूपमा खोल्ने तयारी गरेको छ । सम्भावित अनिकाल र डरका बीच गाजामा सहायताको निरन्तर आगमन सुनिश्चित गर्न थप क्रसिङ खोल्न आवश्यक छ । इजरायलले रफाहमा महत्त्वपूर्ण आक्रमणका साथ अगाडि बढेमा यसले विद्यमान मानवीय केन्द्रलाई गाजाको बाँकी भागबाट अलग गर्न सक्ने द टाइम्स अफ इजराइलले रिपोर्ट गरेको छ ।

     

    ह्वाइट हाउसको विज्ञप्तिमा दुई नेताले रफाहमा सम्भावित इजराइली आक्रमण बारेमा छलफल हुँदा बाइडेनले आफ्नो स्पष्ट स्थिति दोहोरÞ्याउनुभएको जनाइएको छ ।  

     

    अमेरिकाले गाजाको दक्षिणी सहर रफाहमा शरण खोज्ने १० लाखभन्दा बढी प्यालेस्टिनीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न असफल हुने कुनै पनि अपरेसनलाई समर्थन गर्न नसक्ने स्पष्ट पारेको छ । यसबाहेक टाइम्स अफ इजराइलका अनुसार अमेरिकी अधिकारीहरूले कुनै अपवादबिना रफाहमा भएको महत्त्वपूर्ण अपरेशनको निरन्तर विरोध गरेका छन् ।

     

    बाइडेनले फोनवार्तामा गाजाको सहायतामा सुधारहरूको सम्बन्धमा मानवीय संस्थाहरूसँगको पूर्ण समन्वयमा यो प्रगति कायम राख्न र बढाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।  

     

    द्वन्द्वको समयमा मानवीय कामदारहरूको सुरक्षाको मुद्दा एक विवादास्पद मुद्दा भएको छ । इजराइली हवाई आक्रमणको परिणामस्वरूप वर्ल्ड सेन्ट्रल किचनका सात कामदारको मृत्यु भयो । त्यसै बेलादेखि इजराइलले द्वन्द्व निवारणका लागि आफ्ना केही संयन्त्रहरू बढाएको छ । फोनवार्तामा बाइडेनले गाजा सहायता वितरणका सुधारहरू स्वीकार गर्दै अमेरिकाले यस सन्दर्भमा तेल अभिवले आफ्नो प्रयासहरू अझ बढाउनुपर्ने स्थिति कायम राखेको  द टाइम्स अफ इजराइलले रिपोर्ट गरेको छ ।

     

    उहाँहरूबीच गाजामा तत्काल युद्धविरामसँगै बन्धकहरूको रिहाइ सुरक्षित गर्न चलिरहेको वार्ताको पनि समीक्षा भएको छ । “गाजाका जनताका लागि युद्धविराम र राहत सुनिश्चित गर्न हमासले आफ्ना नागरिकहरूलाई यथाशीघ्र रिहा गर्नुपर्ने १७ अन्य मुलुकका नेताहरूसँगको आफ्नो भनाइलाई राष्ट्रपतिले उद्धृत गर्नुभएको छ”, विज्ञप्तिमा भनिएको छ । 

     

    नेतान्याहुसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले यसै महिनाको प्रारम्भमा इरानको अभूतपूर्व क्षेप्यास्त्र र ड्रोन आक्रमण विरुद्ध सफल रक्षा गरेपछि इजराइलको सुरक्षाका लागि आफ्नो दृढ प्रतिबद्धतालाई पनि दोहोरÞ्याउनुभयो । रासस

     

    प्रतिक्रिया दिनुहोस