काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । एलआइसी नेपालको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले सोही बमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ ।