Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सरकारको आन्तरिक ऋणमा दुई तिहाई बढी विकास ऋणपत्रको हिस्सा


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 462
    Shares

  • सरकारको आन्तरिक ऋणमा दुई तिहाई बढी विकास ऋणपत्रको हिस्सा

    काठमाडौं । सरकारको आन्तरिक ऋणमा दुई तिहाई बढी विकास ऋणपत्रको रहेको छ ।हाल सरकारको कुल आन्तरिक ऋण करिब १२ खर्बमा विकास ऋणपत्रको  हिस्सा ६५ प्रतिशत देखिएको हो ।

    सरकारले आन्तरिक ऋणका लागि ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाका साथै सर्वसाधारणबाट ऋण उठाउदै आएको छ ।

    यी चार वित्तीय औजार मार्फत सरकारले लिएको ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋणको बक्यौता छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा सरकारले एक खर्ब ७६ अर्ब अन्तरिक ऋण थप गरेको छ । सरकारले लिएको आन्तरिक ऋण मात्रै कुल ग्राहस्थ उत्पादनको करिब २२ प्रतिशत हो ।

    कुल आन्तरिक ऋणपत्र मध्ये मध्ये ट्रेजरी बिल्स मार्फत ३ खर्ब ९८ अर्ब ६९ करोड, विकास ऋणपत्र मार्फत ७ अर्ब ६५ अर्ब ९४ करोड, नागरिक  बचतपत्र मार्फत १० अर्ब ७५ करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत १७ करोड ५४ लाख रुपैयाँ ऋण सरकाले  लिएको छ ।  राजस्व संकलन तथा विदेशी अनुदान र ऋणले खर्च अपुग हुने भएपछि आन्तरिक ऋणको प्रयोग गर्ने गरिन्छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋणपत्र लिने भनेको  थियो । सो मध्ये चैत सम्ममा सरकारले एक खर्ब ७६ अर्ब आन्तरिक ऋण परिचालन गरिसकेको छ ।

    आन्तरिक ऋण धेरै दिनेमा वाणिज्य बैंकहरुबाट  कुल १० खर्ब १० अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी भएको  छ । यो कुल आन्तरिक कर्जाको ८५.९५ प्रतिशत हो । यसैगरी विकास बैंकहरुको ९४ अर्ब ८५ करोड, फाइनान्स कम्पनीको २१ अर्ब ८८ करोड, लघुवित्तहरुको ९० करोड, सामाजिक सुरक्षा कोषले ३ अर्ब ८२ करोड, बीमा कम्पनीहरुले ३ अर्ब ८१ करोड, सर्वसाधारण संग ५ अर्ब ३५ करोड, बजार निर्माताले एक अर्ब ६५ करोड, अन्य ९ अर्ब ५६ करोड लगानी  छ ।त्यसैगरी केन्द्रीय बैंकले नै खरिद गरेको सरकारी ऋणपत्र २३ अर्ब २४ करोड रुपैयाँ बरावर छ । 

    प्रतिक्रिया दिनुहोस