Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास


२०८१, वैशाख १८ मंगलबार

  • 609
    Shares

  • क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास

    काठमाडौं ।  आर्थिक दैनिक प्रा।लि।का अध्यक्ष एवं संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ ।  मंगलवार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुवली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् । क्षत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका मालीले बिपरित दिसातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् । ओई, तलाई मैले कस्तो अवस्थामा भेटेको याद छ नि, त्यही .....को छोराको पछिपछि लुतेकुकुर जस्तो पछि लागेको छस् तँलाई के गर्नु पर्छ भन्ने मलाई थाहा छ, राम्रोसंग चिन म को हुँ भनेर भन्दै  विजय मालीले बाटो छेकेर धम्क्याएको रिजालले बताएका छन ।  उक्त घटनाको तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी गराइएको छ । 

    प्रतिक्रिया दिनुहोस