काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयरा जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो । उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।