काठमाडौं नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ । नेपाल इन्स्योरेन्सले पुँजी वृद्धि गर्न आगामी जेठ ४ गते हुन लागेको साधारण सभाबाट ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गराउन लागेको हो । १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैया बराबरको मौजुदा पुँजीमा वृद्धि गर्न मंगलबार सञ्चालक समितिको बैठकबाट निर्णय गरियो । हकप्रद शेयर निष्काशन प्रास्ताव पारित भएपछि कम्पनीको मौजुदा पुँजी वृद्धि भइ २ अर्ब ३० करोड १९ लाख पुग्ने छ ।
यसका लागि कम्पनीले बुक क्लोज २७ गते बैशाख तोकेको छ । नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा जीवन निर्जीवन बीमा कम्पनीको पुँजी अढाई गुना बढाउने निर्णय गरेको थियो । यो प्रावधानबाट निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी अढाई अर्ब पु¥याउनुपर्ने भएको छ ।