Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
सेयर शिक्षा

पुँजी बजार भन्नाले के बुझिन्छ ?


२०८१, वैशाख २० बिहीबार

  • 1.1k
    Shares

  • पुँजी बजार भन्नाले के बुझिन्छ ?

    विशेष गरी एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका वित्तीय औजारहरुको कारोबार हुने बजारलाई पुँजी बजार भनिन्छ । पुँजीबजार कुनै पनि देशको वित्तीय प्रणालीको महत्वपूर्ण अंगको रुपमा रहेको पाईन्छ । कृषि, उद्योग, व्यापार तथा सरकारका लागि आवश्यकहुने दीर्घकालीन तथा मध्यकालीन पुँजी सहज तथा कम लागतमा यस बजारमार्फत आपूर्ति गर्न सकिन्छ । पुँजी बजार अन्र्तगत धितोपत्रबजार तथा गैर–धितोपत्र बजार गरी दुई किसिमको बजार रहेका हुन्छन्।
    धितोपत्र बजार भनेको के हो ?
    सामान्यरुपमा धितोपत्र बजारलाई पुँजी बजार पनि भन्ने गरिन्छ । तर पुँजी बजारको दायरा धितोपत्र बजारको दायरा भन्दा फराकिलो हुन्छ जस भित्र धितोपत्र बजारको अतिरिक्त मध्यम तथा दीर्घकालीन निक्षेप तथा ऋण प्रवाह पनि पर्दछन । धितोपत्र खरिदकर्तातथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधासमेतलाई समग्रमा धितोपत्र बजार भनिन्छ । यस बजारमा विशेषतः एक वर्ष भन्दा बढी समयमा परिपक्व हुने वित्तीय सम्पति वा साधनहरुकोखरिद बिक्री गरिन्छ । धितोपत्र बजार पुँजी आवश्यकता पूर्ति गर्न चाहने संगठित संस्था, र व्यक्तिगत तथा संस्थागत लगानीकर्ता तथासरकारलाई लगानीको अवसर प्रदान गर्ने एक महत्वपूर्ण संयन्त्र हो । धितोपत्र बजारलाई मुख्यतः प्राथमिक बजार र दोस्रो बजार गरी दुईकिसिमले वर्गीकरण गरिन्छ ।
    गैर धितोपत्र बजार भन्नाले कस्तो बजार बुझिन्छ ?
    कुनै संगठित संस्था वा कम्पनीलाई दीर्घकालीन तथा मध्यकालीन अवधिको वचतको अवसर र आवश्यक पुँजी (जस्तो ऋण) बैंक
    वा अन्य संस्थामार्फत व्यवस्था हुन्छ भने त्यसलाई गैर धितोपत्र बजारको रुपमा बुझन सकिन्छ । यस्तो बजार नेपाल धितोपत्र बोर्डको
    नियमन दायरा भित्र पर्दैन ।
    धितोपत्र बजारको महत्व किन रहेको छ ?
    दीर्घकालीन पुँजीको परिचालनमार्फत अर्थतन्त्रलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाह गराई प्रतिफललाई अधिकाधिक व्यक्तिले उपभोग गर्न
    पाउने अवसरको सिर्जना गर्नु नै धितोपत्र बजारको मूल उद्देश्य रहेको हुन्छ । यसर्थ अर्थ व्यवस्थाको विकासका लागि धितोपत्र बजारको
    महत्वलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ः
     दीर्घकालीन पुँजीको प्रभावकारी परिचालन गर्न,
     सरकारलाई आवश्यक दीर्घकालीन पुँजी व्यवस्था गर्न,
     बचत परिचालन तथा लगानीमा वृद्धि ल्याउन,
     देशको औद्योगिकीकरण तथा पूर्वाधार विकास गर्न,
     देशको अर्थतन्त्रको विकास–विस्तारको प्रतिफल सर्वसाधारणमा समानरुपमा वितरण गर्न,
     वित्तीय बजारको सन्तुलित एवं एकीकृत विकास गर्न,
     कम लागतमा पुँजी परिचालनको व्यवस्था गर्न,
     खुला बजार अर्थतन्त्रलाई सबलीकरण गर्न ।
     आर्थिक विकासमा धितोपत्र बजारले कसरी भूमिका खेल्दछ ?
    धितोपत्र बजारले पुँजी परिचालनको एक महत्वपूर्ण सयन्त्रको रुपमा कार्य गरी देशको आर्थिक विकासमा अपरिहार्य भूमिका खेल्दछ
    । दीर्घकालीन पुँजीको अर्थतन्त्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गराई प्राप्त प्रतिफललाई अधिकाधिक व्यक्तिले उपभोग गर्न पाउने
    अवसरको सिर्जना गर्ने धितोपत्र बजारको उद्देश्य रहेको हुन्छ । यसर्थ देशको आर्थिक विकासमा धितोपत्र बजारको भूमिकालाई देहाय बमोजिम
    उल्लेख गर्न सकिन्छ ः
     देशमा आवश्यक हुने दीर्घकालीन पुँजीको प्रभावकारी परिचालन यस बजार मार्फत गर्न सकिन्छ्।
     कुनै पनि देशका विकास निर्माणमा सरकारलाई चाहिने दीर्घकालीन पुँजी यसै बजारको माध्यमबाट संकलन गर्न सकिन्छ ।
     देशको औद्योगिकीकरण तथा पूर्वाधार विकासका लागि आवश्यक हुने ठूलो आकारको पुँजी प्राप्त गर्नका लागि यस बजारको
    उल्लेखनीय भूमिका रहन्छ ।
     दीर्घकालनी तथा मध्यमकालीन पुँजी न्यून लागतमा यस बजारमार्फत प्राप्त गर्न सकिने हुँदा ठूलो आकारको पुँजी आवश्यक हुने
    योजनाहरु समेत बनाउन संभव हुन्छ ।
     पँुजीको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिचालन सरल एवं न्यून लागतमा गर्न संभव हुन्छ ।
     देशको वित्तीय बजारको अभिन्न अंगको रुपमा रहने हुँदा यसले समग्र बजारको सन्तुलित एवं एकीकृत विकास हुन सहयोग
    पुग्दछ । 

    प्रतिक्रिया दिनुहोस