Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, वैशाख २१ शुक्रबार

  • 483
    Shares

  • आज सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक सेयर लिलामी  भर्ने  अन्तिम दिन

     

    काठमाडौं ।  एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक सेयर भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

     


     

    प्रतिक्रिया दिनुहोस