काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले २० लाख ७३ हजार ४४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनी नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख २१ गते) बाट ३५ दिनभित्र युनाइटेड अजोड इन्सुरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौं तथा नेपाल पुनर्बीमा कम्पनी थापाथली काठमाडौंमा काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।