Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

किर्गिजस्तानमा मिनी ट्रक दुर्घटना हुँदा ३१ बालबालिका घाइते

किर्गिजस्तानमा मिनी ट्रक दुर्घटना हुँदा ३१ बालबालिका घाइते

  • बिस्केक । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको छ ।

    जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक कार्यक्रममा सहभागी बालबालिकाहरु घाइते भएका थिए । 

    बालबच्चाका लागि आइसक्रिम बोकेको मिनीट्रक चालकको असावधानीका कारण सडकबाट एकाएक विद्यार्थीको भिडमा खसेको थियो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनामा ९–१६ वर्षका ३१ बालबालिका घाइते भएका थिए जसमध्ये चारको अवस्था गम्भीर रहेको छ । ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij