Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

यो वर्ष सिंगटी हाइड्रोको खुद नोक्सानी ६ करोडभन्दा बढीले घट्यो


नया सडक

२०८१, वैशाख २१ शुक्रबार

  • 597
    Shares

  • यो वर्ष सिंगटी हाइड्रोको खुद नोक्सानी ६ करोडभन्दा बढीले घट्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिंगटी हाइड्रो इनर्जी लिमिटेड ३ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । यस वर्ष कम्पनीले खुद नोक्सानी ६ करोड ११ लाख रुपैयाँभन्दा बढीले घटाएको हो । 

    कुल आम्दानी यस वर्ष ३ दशमलव ३४ प्रतिशत बढेको कम्पनीको कुल खर्च ७ दशमलव ३३ प्रतिशत कम भएको छ । यस वर्ष कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने ५५ करोड ८० लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको हो । विद्युत् विक्री गरेर मात्र कम्पनीले ५३ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ छ । शेयर प्रिमियममा यस वर्ष २५ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस