Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जापान पठाइदिने प्रलोभन दिएर  २ सयभन्दा बढी मानिसहरूलाई  ठगी गर्ने दुई जना पक्राउ


नया सडक

२०८१, वैशाख २१ शुक्रबार

  • 666
    Shares

  • जापान पठाइदिने प्रलोभन दिएर  २ सयभन्दा बढी मानिसहरूलाई  ठगी गर्ने दुई जना  पक्राउ

    काठमाडौँ  ।  प्रहरीले  जापान पठाइदिने प्रलोभन दिएर  २ सयभन्दा बढी मानिसहरूलाई  ठगी गर्ने दुई जनालाई नेपाल पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी   उनीहरूलाई   सार्वजनिक गरेको हो ।

    उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको  जनाइएको  छ ।

     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेको बताए ।  श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको  एसएसपी  भट्टराईले बताए ।

    रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको छ ।

    उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको छ ।  त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं-२९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जनाइएको  छ ।

    वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडि हराएको र विगत ३ वर्षदेखि पठाओ चलाई जीविका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको जनाइएको  छ ।

    प्रतिक्रिया दिनुहोस