Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

भारतमा लोकसभा चुनाव : जयनगर-जनकपुर-भंगहा रेल सेवा ३ दिन बन्द हुने


२०८१, वैशाख २३ आइतबार

  • 216
    Shares

  • भारतमा लोकसभा चुनाव : जयनगर-जनकपुर-भंगहा रेल सेवा ३ दिन बन्द हुने

    काठमाडौं । भारतमा हुने लोकसभाका कारण जयनगर-जनकपुर-+भंगहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ।भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ ९वैशाख २५० मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।

    images

    त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा मंगलबारसम्म पूर्ण रूपमा बन्द रहने छ।

    प्रतिक्रिया दिनुहोस