Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

चालु आर्थिक वर्षको १० महिनामा मधेश प्रदेशमा बजेट १६ प्रतिशत पनि खर्च भएन

चालु आर्थिक वर्षको १० महिनामा मधेश प्रदेशमा बजेट १६ प्रतिशत पनि खर्च भएन

  • काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा मधेश प्रदेशले बजेटको १५.९६ प्रतिशत मात्र खर्च गरेको छ ।  वैशाख २१ गते शुक्रबारसम्म मधेश प्रदेशमा कुल बजेटको १५.९६ प्रतिशत मात्र खर्च भएको देखिएको हो ।

    चालुतर्फ १८ अर्ब ५४ करोड ५८ हजार बजेटमध्ये ३ अर्ब ९९ करोड ७१ लाख ७८ हजार ७२२ रुपैयाँ अर्थात २१.५५ प्रतिशत र पुँजीगततर्फको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार मध्ये ३ अर्ब ४ करोड ४६ लाख १४ हजार ७०५ रुपैयाँ अर्थात ११.९० प्रतिशत गरी कुल १५.९६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशका लेखा अधिकृत मनोज कुमार झाले जानकारी सार्वजनिक गरेका छन् ।

    आर्थिक वर्षको २ महिना मात्रै बाँकी रहदा यहाँका केही मन्त्रालायहरु सचिवविहीन भएकाले निमित्तको भरमा चलेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij