जनकपुरधाम । हतियारधारीहरूको एक समूहले जनकपुरधाममा सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटि लगेको छ ।
सो समूहले शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटि लगेको प्रहरीले जानकारी सार्वजनिक गरेको हो ।
बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको बेला मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको महतोले बताएका छन् । धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।