काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । यसअघि आयोगले हकप्रद सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिएको थियो । सभाबाट उक्त प्रस्ताव पारित भएपछि अब यस हाइड्रोपावरले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लुनपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद सेयर बिक्री खुला हुनेछ ।
यस कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात, ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।