काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड १६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसैअवधिको तुलनामा १८.३८ प्रतिशतले धेरै हो ।विद्यतु बिक्रीबाट हुने आम्दानी १५ करोड ३३ लाख २६ हजार रुपैयाँबाट बढेर १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च २ करोड ९५ लाखबाट घटेर १ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यसको डाइरेक्ट कस्ट ९लागत० पनि घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।
चुक्ता पुँजी ७९ करोड ३५ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको रिटेन्ड अर्निङमा ८ करोड २५ लाख रुपैयाँ रहेको छ ।