Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

हिमालयन लाइफ इन्सुरेन्सको खुद नाफा ७.९९ प्रतिशतले  घट्यो


नया सडक

२०८१, वैशाख २६ बुधबार

  • 735
    Shares

  • हिमालयन लाइफ इन्सुरेन्सको खुद नाफा ७.९९ प्रतिशतले  घट्यो

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ७।९९ प्रतिशतले थोरै हो ।

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । 

    कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । खर्च वृद्धिको अनुपात झन धेरै भएपछि नाफामा केही कमी आएको हो । कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ । 

    हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस