Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लक्ष्मी सनराइजका  काठमाडौं उपत्यका भित्रका दुईवटा शाखा स्थानान्तरण


नया सडक

२०८१, वैशाख २६ बुधबार

  • 738
    Shares

  • लक्ष्मी सनराइजका  काठमाडौं उपत्यका भित्रका दुईवटा शाखा स्थानान्तरण

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना दुई शाखा काठमाडौं उपत्यकाभित्र स्थानान्तरण गरेको छ ।लक्ष्मी सनराइजले काठमाडौं महानगरपालिका–१७ खुसिबुमा रहेका आफ्ना दुई शाखामध्ये एउटा काठमाडौंको नागार्जुन नगरपालिका–१६ बनस्थलीको खरिबोटमा स्थानान्तरण गरेको छ । त्यसैगरी काठमाडौं मेट्रो–२६ गोंगबुका दुई शाखामध्ये एउटा सोही नगरपालिकाको ल्होत्से मल, नयाँ बसपार्कमा सारिएको छ । स्थानान्तरण गरिएका यी शाखाका ग्राहकहरूले सोही क्षेत्रभित्र रहेका खुसिबु र सामाखुसीका बाँकी रहेका शाखाहरूमा सेवा लिन सक्नेछन् ।

    यो कदमसँगै बैंकले अब नयाँ र पहिले सेवा नपुगेका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न सक्नेछ । दुवै शाखाहरूले आफ्ना ग्राहकहरूलाई पूर्ण दायराको खुद्रा बैंकिङ सेवाहरू प्रदान गर्न र साना तथा ठूला व्यवसायहरूमा आफ्ना सेवाहरू विस्तार गर्न सक्षम छन्।

    लक्ष्मी सनराइजको नेटवर्कमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ एजेन्टहरू छन् । बैंकले ‘ब्रिक्स एण्ड क्लिक्स’ रणनीतिको एक हिस्साको रूपमा ग्राहकहरूलाई आफ्नो मनपर्ने च्यानल मार्फत हामीसम्म पुग्ने गरी शाखाहरूको बढ्दो संख्यालाई पूरक बनाउन मोबाइल र इन्टरनेट बैंकिङ जस्ता हरित बैंकिङ र डिजिटल च्यानलहरूलाई सक्रिय रूपमा प्रबर्द्धन गर्दछ।

    सन् २००२मा स्थापित लक्ष्मी बैंक  र सन् २००७मा स्थापित  सनराइज बैंकको मर्जरबाट नयाँ संस्थाको रूपमा जुलाई १४ सन् २०२३ मा गठन भएको लक्ष्मी सनराइजले आफ्ना ग्राहकहरूलाई अनुपम वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्धता जनाएको छ । यो  ’क’ वर्गको वाणिज्य बैंक हो। 

    प्रतिक्रिया दिनुहोस