Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

स्वरोजगार लघुवित्तको खुद नाफा ४०.३० प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 588
    Shares

  • स्वरोजगार लघुवित्तको खुद नाफा ४०.३० प्रतिशतले बढ्यो

     

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ४०.३० प्रतिशतले धेरै हो ।
    खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीसँगै सञ्चालन नाफा बढेपछि खुद नाफामा पनि सुधार भएको हो । साथै, वर्षको तुलनामा खराब कर्जा अनुपात केही कम गर्न सफल भएका कारण पनि नाफा बढेको देखिन्छ । खुद ब्बयाज आम्दानी ०.४५ प्रतिशत सुधार हुँदै २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । फि तथा कमिसन आम्दानी ३३६.८४ प्रतिशत बढेर ५० लाख २८ हजार रुपैयाँ पुगेको छ ।संस्थाको जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी  १४.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १४०.७९ रुपैयाँ पैसा छ ।


    यता, खराब कर्जा ०.९१ प्रतिशत विन्दुले घटेर ५.७२ प्रतिशतमा आएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस