Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ३८.७५ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 516
    Shares

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ३८.७५ प्रतिशतले बढ्यो

    काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १०२.८४ प्रतिशत बढेको छ भने कुल आम्दानी १०९.०५ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्स्को खुद दाबी भुक्तानी १४०.२६ प्रतिशत र कुल खर्च ११७.२१ प्रतिशत बढेको छ।

    प्रतिक्रिया दिनुहोस