Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

राजस्व छली लान खोजिएको नब्बे लाख बढीको मालवस्तु प्रहरीको नियन्त्रणमा

राजस्व छली लान खोजिएको नब्बे लाख बढीको मालवस्तु प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । पर्सा प्रहरीले  भन्सार छली लान खोजेको नब्बे लाख बढीको मालवस्तु नियन्त्रणमा लिएर सरोकारवाला निकायमा थप अनुसन्धानका लागि बुझाएको छ ।पर्सा प्रहरीको टोली विशेष सूचनाको आधारमा खटिएर विभिन्न स्थानमा नियन्त्रणमा लिएका नब्बे लाख सैँतीस हजार नौ सय पन्ध्र रुपैयाँ बराबरको मालवस्तुहरूलाई राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगञ्ज भन्सार कार्यालमा बुझाएको जनाएको हो ।

     प्रहरीले जनाए अनुसार बैशाख २६ गते करिब पौने दुई बजेतिर वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट ना.६ ख ३८६१ नम्बरको ट्रकमा अन्दाजी मूल्य ८७ लाख ५० हजार चार सय पन्ध्र रुपैयाँ बराबरको खुद्रा तथा औषधिहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइयो ।

    यसैगरी बैशाख २५ गते दुई बजेतिर दुई लाख सतासी हजार पाँच सय बराबरको खाद्यान्न  तथा कपडाहरू वीरगञ्ज महानगरपालिका वडा नं.१६  रजतजयन्ती चोकबाट नियन्त्रणमा लिइएको  मालवस्तु  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij