Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

टर्कीए प्रहरीद्वारा तीन सय ६६ शङ्कास्पद लागुऔषध कारोबारी पक्राउ


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 474
    Shares

  • टर्कीए प्रहरीद्वारा तीन सय ६६ शङ्कास्पद लागुऔषध कारोबारी पक्राउ

     

    अङ्कारा ।टर्कीए प्रहरीले लागुऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताउनुभएको छ ।

     

    ‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागूऔषध उत्पादक र डिलरहरू विरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभयो ।

     

    उक्त अपरेसनमा कूल दुई सय ३० टोली र नौ सय ८० जना जेन्डरमेरी कर्मचारीको सहभागी भएको र सात सय केजी लागुऔषध तथा १३ हजार लागुऔषध चक्की बरामद गरिएको उहाँले बताउनुभयो ।

     

    अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबका रूपमा प्रयोग गरेको टर्किएले गत वर्षदेखि लागूऔषध तस्करीमा कडाइ गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस