काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको अवधिको तुलनामा २२.२१ प्रतिशतले धेरै रहेको छ ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ ।यसको कुल दावी भुक्तानी भने १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।इन्सुरेन्सको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८ पैसा कायम भएको छ ।