Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

एसियन लाइफ इन्सुरेन्सको खुद नाफा २५४.९२ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 636
    Shares

  • एसियन लाइफ इन्सुरेन्सको खुद नाफा २५४.९२ प्रतिशतले बढ्यो

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको छ ।  यसै अवधिको १९ करोड ४७ लाख रुपैयाँको तुलनामा २५४.९२% धेरै रहेको छ  । कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १०.५०% ले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
    प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँले बढेर २९.२० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.१९ रुपैयाँ छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस