Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफा १६२.८६ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 567
    Shares

  • हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफा १६२.८६ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १६२.८६ प्रतिशतले बढेर ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।यसअवधिमा खुद बिमा शुल्क आर्जन र कुल आम्दानी बढेकाले खुद नाफामा वृद्धि भएको हो । खुद बिमा शुल्क आर्जन २५.९० प्रतिशतले बढेर ८३ करोड ६४ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।कुल आम्दानी ६४.४१ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ ।  नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

     


     

    प्रतिक्रिया दिनुहोस