काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।बैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेकोले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।