Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जापानलाई उछिनेर भारत चौथो ठुलो अर्थतन्त्र बन्ने विज्ञहरूको पूर्वानुमान


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 615
    Shares

  • जापानलाई उछिनेर भारत चौथो ठुलो अर्थतन्त्र बन्ने विज्ञहरूको पूर्वानुमान

    काठमाडौं । भारतको अर्थतन्त्रले जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्रको रूपमा स्थापित हुन लागेको छ ।  सन् २०२५मा भारतले जापानलाई उछिनेर विश्वको चौथो अर्थतन्त्र बन्ने पक्का जस्तै भएको विज्ञहरूले बताएका हुन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरेको पक्षेपण अनुसार भारतको जीडीपी सन् २०२५मा ४३ खर्ब ४० अर्ब अमेरिकी डलर बराबर हुनेछ । जापानको सो अवधिमा ४३ खर्ब २० अर्ब अमेरिकी डलर बराबर हुनेछ ।

    फुजित्सु ग्लोबल मार्केटका अनुसार यो खबर जापानका लागि हतोत्साही बनाउने खालको रहेको छ ।जापानी अर्थतन्त्रको समस्या त्यहाँका पूर्व प्रधानमन्त्री सिन्जो आबे प्रधानमन्त्री हुँदा सन् २०१२देखिको हो ।

    कोरोना भाइर र युक्रेन रुस युद्धले पनि जापानी अर्थतन्त्रलाई असर पारेको विज्ञहरूको बुझाइ छ । भारतलाई तेस्रो अर्थतन्त्रसम्म पुग्ने सन् २०२९सम्मको समय लाग्ने छ । कतिपयले जनाए अनुसार २०२७सम्म नै भारतले जर्मनीलाई उछिनेर तस्रो ठुलो अर्थतन्त्र बन्ने दाबी गरिरहेका छन् । १० वर्ष अघि भारत विश्वको दशौँ ठुलो अर्थतन्त्र थियो ।(एजेन्सी)

    प्रतिक्रिया दिनुहोस