काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १९ करोड २४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको १० करोड ९७ लाख रुपैयाँको तुलनामा ७५.२६ प्रतिशतले धेरै हो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा र विभिन्न शीर्षकमा खर्च कटौती गर्दा खुद नाफामा सुधार देखिएको हो । लगानी तथा कर्जाबाट हुने आम्दानी १४.१५ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । एलआइसीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ ।