Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   वैशाख ३० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 744
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   वैशाख ३० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  वैशाख ३० आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पार्नुभएको छ । आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उहाँले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउनुहुँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताउनुभएको हो ।  
     

           “कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन । करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महलेसहित आर्थिक ऐन आउँछ”, अर्थमन्त्री पुनले भन्नुभयो, “एउटा अर्थमन्त्रीको सनकले निजीको वर्षौँसम्म गरेको लगानी डुबाउन मिल्दैन । जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ । त्यसमा हाम्रो प्रतिबद्धता छ ।”

    सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा ३३.८९ प्रतिशतले बढ्यो

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।आर्थिक वर्षको सोही अवधिको २२ करोड ६ लाख रुपैयाँको तुलनामा ३३.८९ प्रतिशतले धेरै हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।  लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यस इन्सुरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ छ ।

    सगरमाथा लुम्बिनी इन्सुरेन्सको  खुद  नाफा ५५.३२ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा ५५.३२% ले बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

    कर्जा तथा लगानीबाट आम्दानी ४६.२८% ले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसका साथै, खुद बिमा शुल्क आर्जन पनि १५.५७% ले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेपछि नाफा सुधार भएको हो । 

    यसको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने २ रुपैयाँ ३९ पैसाले बढेर २४ रुपैयाँ १७ पैसा  कायम भएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ८.२६ प्रतिशतले बढेर  १९७४.५० विन्दुमा ,३ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ८.२६ प्रतिशतले बढेर  १९७४.५० विन्दुमा आएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहको सूचक बढेको छ ।आज निर्जीवन बिमा समूहमा सबैभन्दा बढी उत्साह देखिएको छ ।

    यस दिन ३११ कम्पनीको ७८ लाख ५७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १० करोड ५० लाख रुपैयाँसहित साँग्रिला डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ । आज दो्रस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सोनापुर मिनरल्स अग्रस्थानमा आएको छ ।

    ओरियण्टल होटल्सको खुद नाफा ९.९१ प्रतिशतले बढ्यो

    काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।चालू आवको यसै अवधिमा ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ ।होटल्सले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू। ६ करोड ५९ लाख पुगेको हो । चालू आवमा होटल्सको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा होटल्सको आम्दानी १७ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटल्सको आम्दानी रू. ६९ करोड ४७ लाख रहेकोमा चालू आवमा बढेर रू. ८१ करोड ९६ लाख पुगेको हो ।

    इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले आइपीओ जारी गर्ने

    काठमाडौं । इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको रजिस्टर्ड कार्यालय, बसन्तपुर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार नेप्सेमा फुकुवा

    काठमाडौं  ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।बैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेकोले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।

    अप्पर तामाकोशीको विद्युत बिक्रीबाट आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत बढी हो।विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा रहेको छ।

    हिमालयन रिइन्स्योरेन्सको खुद नाफा १००.५४ प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १०० दशमलव ५४ प्रतिशत बढेको हो ।यस वर्ष कम्पनीको कुल आम्दानी साढे ९० प्रतिशतभन्दा बढी भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष २ अर्ब २४ करोड २० लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब २७ करोड २९ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।

    नेपाल इन्सुरेन्सको विशेष साधारण सभा जेठ ४ गते , हकप्रद सेयर जारी गर्ने प्रस्ताव

    काठमाडौं  । नेपाल इन्सुरेन्सको जेठ ४ गते विशेष साधारण सभा बस्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको छ  । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरेको छ ।नेपाल इन्सुरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ ।

    नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा २२.२१ प्रतिशतले बढ्यो

    काठमाडौं ।  नेपाल लाइफ इन्सुरेन्सले  तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको  अवधिको तुलनामा २२.२१ प्रतिशतले धेरै रहेको छ  ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ । 

    कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ ।यसको कुल दावी भुक्तानी भने १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

    तोलामा रु पाँच सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु १ लाख ३८ हजार ४०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको  लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।

    काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष

    काठमाडौँ । बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो पारिवारिक भेटघाट गर्न नपाएपछि जनकपुरकै मिथिला परिकार खाने अवसर भने  काठमाडौँमै जु¥यो । ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहले ललितपुरको झम्सिखेलमा सञ्चालन गर्नुभएको ‘मिथिला थाली बाई सेफ सन्तोष साह’ नामक रेष्टुरेण्ट सिंह जस्ता धेरै मिथिला स्वादका पारखीका लागि उपयुक्त गन्तव्य बनेको छ । झमेलको उपनामले परिचित पर्यटकीय क्षेत्र झम्सिखेलमा मिथिला थाली सञ्चालन भएसँगै उपभोक्ताको भीड लाग्ने गरेको छ ।

    कक्षा कोठामा शिक्षामन्त्री : ‘पुस्तक पुनःप्रयोग गर्न जतन गरेर राख्नुहोस्’

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पुस्तक पुनःप्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने बताउनुभएको छ । 

     

    मन्त्रालयले आगामी बजेटमा पुस्तक पुनःप्रयोगबारे कार्यक्रम राखेको छ । आज काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुहुँदै पुस्तक जतन गरेर राख्न उहाँले सुझाव दिनुभयो । “तीन अर्बभन्दा बढी रकम हरेक वर्ष पुस्तक छाप्न खर्च हुन्छ, त्यसको केही प्रतिशत मात्रै हामीले बचाउन सक्यौँ भने त्यो रकम विद्यार्थीकै खाजा र अरू कार्यक्रममा खर्च गर्न सकिन्छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

    सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारीसहितका कर्मचारीविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ । आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

     

    आयोगले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सिडिई मेकानिकल नवीनकुमार पाखरेलविरुद्ध मुद्दा दर्ता गरेको छ । गलत मनसाय राखेर नेपाल सरकारलाई हानि–नोक्सानी पु(याउने उद्देश्यका साथ खरिद कार्य गरी रु ४० करोड ७५ लाख ५७ हजार सात सय ४० बराबरको भ्रष्टाचार गरेको आयोगको ठहर छ । आयोगले बिगोबमोजिम थप सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो ।

    चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

    काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

     

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् ।

     

    राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो ।

    नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी बारबाही गर्ने जनाएको छ । 

    हाल कामपामा एक हजार नौ सय ५३ सहकारी  सञ्चालनमा  छन् । जसमध्ये नौ सय ५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गर्ने गरेका कामपाले जनाएको छ । 

    कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ ।  प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन सुरु गरिसकेको र अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही सुरु गर्ने तयारी विभागको रहेको छ ।

    यस्तो छ देशको समग्र अर्थतन्त्रको ऐना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र अर्थतन्त्रको ताजा परिदृश्य सार्वजनिक गरेको छ । राष्ट्रबैकले आइतबार सार्वजनिक गरेको ९ महिनामा मुद्रा स्फिती घटेको जनाएको हो ।बैंकको आर्थिक अनुसन्धान विभागले चैत महिनासम्म सार्वजनिक गरेको प्रतिवेदन चालु आर्थिक वर्ष २०८०/८१को ९ महिनामा उपभोक्ता मूल्य सूचांकमा आधारित मुद्रा स्फिती ४.६१ प्रतिशत रहेको छ  । यस्तै कुल वस्तु व्यापार घाटा सो अवधिमा २.८ प्रतिशतले घटेको छ ।  राष्ट्र र्बैकले २.८ आयात र निर्यात ३.७ प्रतिशतले घटेको जनाएको हो ।

    जापानलाई उछिनेर भारत चौथो ठुलो अर्थतन्त्र बन्ने विज्ञहरूको पूर्वानुमान

    काठमाडौं । भारतको अर्थतन्त्रले जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्रको रूपमा स्थापित हुन लागेको छ ।  सन् २०२५मा भारतले जापानलाई उछिनेर विश्वको चौथो अर्थतन्त्र बन्ने पक्का जस्तै भएको विज्ञहरूले बताएका हुन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरेको पक्षेपण अनुसार भारतको जीडीपी सन् २०२५मा ४३ खर्ब ४० अर्ब अमेरिकी डलर बराबर हुनेछ । जापानको सो अवधिमा ४३ खर्ब २० अर्ब अमेरिकी डलर बराबर हुनेछ ।

    फुजित्सु ग्लोबल मार्केटका अनुसार यो खबर जापानका लागि हतोत्साही बनाउने खालको रहेको छ ।जापानी अर्थतन्त्रको समस्या त्यहाँका पूर्व प्रधानमन्त्री सिन्जो आबे प्रधानमन्त्री हुँदा सन् २०१२देखिको हो ।

    नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

    लस एन्जलस ।अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन ९नासा० ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।

     

    नासा र स्पेसएक्सले मिशन प्रक्षेपण गर्न जुन २५ लाई लक्षित गर्दै छन् । त्यसको कोडनाम ‘जियोस्टेशनरी अपरेशनल इन्भारोन्मेन्टल स्याटालाइट यु’ रहेको छ ।

     

    फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरमा रहेको लन्च कम्प्लेक्स ३९ए बाट स्पेसएक्स फाल्कन हेभी रकेटमा उपग्रह प्रक्षेपण हुनेछ ।

    भन्सार छली गरेर ल्याउँदै गरिएका  तीन ट्रक लत्ता कपडासहितका मालवस्तु कसका?

    काठमाडौं । भन्सार छली गरेर ल्याउँदै गरिएका तीन ओटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवन प्रहरीले चितवनको राप्ती नगरपालिका लोथरबाट गत २७ गते मध्यराति भन्सार छली गरेर ल्याउँदै गरिएका तीन ओटा ट्रक नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार ना. ३ ख ४३४२  बा प्र ०१–००६ ख अ८२८ र ना ६ ख ८०३२ नम्बरका ट्रक नियन्त्रणमा लिइएको हो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका लत्ता कपडाहरू र अन्य खुद्रा मालसामान भेटिएको छ ।

    तीनओटा ट्रकमा भरिएका सामानको मूल्य अन्दाजी १ करोड ५० लाख भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले उक्त तीन ओटै ट्रकसहित सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

    राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गर्नुभएको छ । 

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा। नेपालले दिनुभएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो । 

    “राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा। चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा। नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस