Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 552
    Shares

  • जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

    महेन्द्रनगर  । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । 
    गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 

    प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट रु १४ लाख ५३ हजार नगद बरामद गरिएको छ । 

    धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस