Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

मेयर बालेन विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन जाँदै


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 933
    Shares

  • मेयर बालेन  विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन जाँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन  दुईजना सल्लाहकारसहित सोमबार राति  फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन् ।

    मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जान लागेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।

     सो अवधिमा   मेयर लिसनार्ड र फेस्टिभल निर्देशक सँगको भेटवार्ता लगायतका कार्यक्रम तय गरिएको छ ।  यसबाहेक फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

    ७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ । यस वर्ष नेपालबाट कुनै फिल्म छनोट नभएपनि नेपालमा छायांकन भएको ‘द सेमलेस’ अन रिगार्ड विधा र नेपाली भाषाको फिल्म ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै फिल्ममा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

    प्रतिक्रिया दिनुहोस