Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 612
    Shares

  • भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की

    नयाँ दिल्ली ।पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाइ बोलाएको छ छ । 

    इमेलमा प्राप्त धम्कीले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो । प्रहरी कारबाहीमा उत्रिएको छ र खोजी गर्न विद्यालयमा धेरै बम डिस्पोजल स्क्वाड र स्निफर कुकुरहरू पठाएको छ ।

    तथापि अहिलेसम्म शङ्कास्पद केही पनि फेला परेको छैन । प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो ।

    जयपुरका पुलिस कमिश्नर बिजु जर्ज जोसेफले मिडियालाई चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको जानकारी दिनुभयो । प्रहरी विद्यालयहरूमा पुगिसकेको छ । 

    अन्तिम समाचार नआएसम्म विद्यालयमा खोजी कार्य जारी रहेको थियो । इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो । 

    यसै महिनाको सुरुमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए । यसबाट ठूलो त्रास बढेको थियो ।

    सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की प्राप्त भएको थियो । पछि ती धम्की अफवाह साबित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस