सिरहा। सिराहामा बम पड्काएर ६ घरमा लुटपाट भएको छ। जिल्लाको लहान नगरपालिका(१७ हरिपुर टोलमा गएराति ६ ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते समेत भएको प्रहरी ले जनाएको छ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद र गरहनाहरु लुटेका छन्।
डाकालाई प्रतिकार गर्न खोज्दा घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।