Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

पर्सा प्रहरीले बैशाख महिनामा ६ करोड बढीको कर छली ल्याएको मालवस्तु नियन्त्रणमा लिई बुझायो


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 711
    Shares

  • पर्सा प्रहरीले बैशाख महिनामा ६ करोड बढीको कर छली ल्याएको मालवस्तु नियन्त्रणमा लिई बुझायो

    काठमाडौं ।  पर्सा प्रहरीले बैशाख महिनामा ६ करोड बढीको कर छली ल्याएको मालवस्तु नियन्त्रणमा लिएर सरोकारवाला निकायमा थप अनुसन्धानका लागि बुझाएको छ ।

    बैशाख महिनामा विभिन्न समयमा विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीहरूले अन्दाजी ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ बराबरको  मालवस्तु नियन्त्रणमा लिई सरोकारवाला निकायमा थप अनुसन्धानका लागि बुझाएको पर्सा प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी पर्साले जारी गरेको विज्ञप्तिमा भनिएको छ “ विशेष सूचनाको आधारमा यस कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालवस्तुहरू अ.मू.रु.६,१३,६८,०४४।–, ( छ करोड तेह्र लाख अड्सठी हजार चौवालीस  ) बराबरको विभिन्न किसिमका लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको ।”

    प्रतिक्रिया दिनुहोस