Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 375
    Shares

  • पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा

    काठमाडौँ। सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।  पौडेलले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताएका हुन् ।

     भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने राष्ट्रपति  पौडेलले बताए । पौडेलले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए । 

    सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने  पौडेलले  बताए  ।  

    प्रतिक्रिया दिनुहोस