Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

पर्सामा १० महिनामा रु त्रिचालीस करोडभन्दा बढी मूल्यका सामान बरामद

पर्सामा १० महिनामा रु त्रिचालीस करोडभन्दा बढी मूल्यका सामान बरामद

  • वीरगञ्ज (पर्सा)। जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा रु ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी रु छ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उहाँले त्यसरी पक्राउ गरिएका सामानलाई कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उहाँले बताउनुभयो ।

    यस्तै, गत चैत महिनामा रु पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९, साउन महिनामा रु पाँच करोड ४३ लाख, भदौ महिनामा चार करोड ५४ लाख, असोज महिनामा पाँच करोड ७१ लाख र कात्तिक महिनामा दुई करोड ३२ लाख मूल्यपर्ने सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी गत मङ्सिर महिनामा रु तीन करोड रु ८३ लाख, पुस महिनामा रु तीन करोड तीन लाख, माघ महिनामा तीन करोड ४३ लाख र फागुन महिनामा रु तीन करोड ३१ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा भने ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य बराबरका सामान बरामद गरिएको थियो । (रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij