काठमाडौं । नीति तथा कार्यक्रमसँग मेल खाने गरी आगामी बजेट आउने भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पुनले आगामी बजेटमा नेपाल राष्ट्र बैंकको सुझाव समेत समावेश हुने विश्वास व्यक्त गरे ।बजेट निर्माणको एउटा तहमा पुगेपछि राष्ट्र बैंकसँग छलफल हुन्छ र मौद्रिक नीति बजेटसँग तालमेल हुनेगरी नै आउने मन्त्री पुनले बताए ।
विगतका वर्षमा सम्पन्न भएका, बहुवर्षीय ठेक्का लागेका र बजेटमा उल्लेख भए पनि स्रोत सुनिश्चित नभएका आयोजनामा भुक्तानीको समस्या रहेको उनले बताए ।
कृषिलाई आधारका रूपमा विकास गर्ने र निर्वाहमुखी नभई व्यावसायिक रूपमा लैजान सरकारले ध्यान दिने अर्थमन्त्री पुनको भनाइ छ ।