काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले समसामयिक प्रस्तावमा सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
पार्टी बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए । सहकारी रकम अपचलन सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नता भएको समाचार प्रकाशित भएको छ । समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनी माग गर्ने निर्णय बैठकमा गरिएको उनले बताए ।