
काठमाडौँ । एनआईएमबि स्टक मार्केट्सले लाभांश घोषणा गरेको छ । ब्रोकर नम्बर ७५को रुपमा पनि चिनिएको कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले चुक्ता पुँजी ६० करोड रुपैयाँको करसहित १० प्रतिशतका दरले ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते दिउँसो साढे २ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
एनआईएमबि स्टक मार्केट्स कम्पनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १ सय प्रतिशत लगानी रहेको सहायक कम्पनी हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij