Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या, उद्योगी व्यापारीहरू समस्यामा , तस्करहरू खुशी


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 1.2k
    Shares

  • राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या, उद्योगी व्यापारीहरू समस्यामा , तस्करहरू खुशी

    काठमाडौं । राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या आएको छ ।हिजोदेखि भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम(भीसीटीएस)मा समस्या आएको हो ।

    भीसीटीएस प्रणालीमा समस्या आउँदै देशभरका उद्योगी व्यवसायीहरू समस्यामा परेका छन् । उद्योगी व्यवसायीहरूले भीसीटीएसमा समस्या आउँदा  समयमा मालवस्तुको आदानप्रदान गर्न सकेका छैनन् । भीसीटीएसमा समस्या आउँदा समयमा इन्ट्री नहुने, प्यान नम्बर पनि नदेखाउने, इन्ट्री नै गर्न नमिल्ने भएको २४ घन्टा बितिसकेको छ ।

    भीसीटीएसमा समस्या आउँदा ढुवानी व्यवसायी ,उद्योगी व्यवसायीहरू समस्या परेका छन् । राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार भीसीटीएस प्रणालीको क्षमता नपुगेकोले पटक पटक यस्तो समस्या आइरहेको छ । विभागले सम्बन्धित निकायलाई पटक पटक क्षमता वृद्धि गर्न अनुरोध गरेपनि त्यसको सुनुवाइ भएको छैन् । 

    भीसीटीएसमा समस्या आउँदा देशभरिका उद्योगी व्यवसायीहरूलाई हैरानी बेहोर्नु परेको छ  भने भीसीटीएसमा आएको मौका छोपी बिना बिल बीजकका सामान ओसार पसार गर्न अवैध कारोबार गर्ने  र तस्करहरूलाई सहज भएको छ ।

    भीसीटीएस अन्तर्गत के के गर्नुपर्छ ?

    भीसीटीएसको पूर्ण रूप भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम अर्थात् मालवस्तु तथा ढुवानी अनुगमन प्रणाली हो । यो अनलाइनमा आधारित अनुगमन प्रणाली हो । यो प्रणालीअन्तर्गत आइसकेपछि कुनै पनि ठूला व्यवसायीले एक स्थानबाट अर्काे स्थानमा मालसामान ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा विवरण भर्नुपर्छ ।

    यस प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु एक स्थानबाट अर्को स्थानसम्म थोकमा कारोबार गर्नेले आन्तरिक ओसारपसार गर्दा ढुवानी साधन र मालसामानको संक्षिप्त विवरण प्रविष्टि गर्नु पर्दछ । आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै प्रविष्टि गर्नु पर्दछ । त्यस्तै ढुवानी सेवा सञ्चालन गर्ने कम्पनी मार्फत ढुवानी गर्ने थोकस्तरको बिक्रीको प्रविष्टि ढुवानी कम्पनीले गर्नु पर्दछ । यसैगरी उद्योगी, वितरक वा थोक विक्रेताले सोझै आफैंले मालवस्तु आफ्नो कारोवारको स्थलबाट सोझै बिक्री गरी पठाउँदा मात्र यो प्रणालीमा प्रविष्टि गर्नु पर्दछ ।

    प्रतिक्रिया दिनुहोस