काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न ठमेलमा शनिबार खाना तथा हस्तकला मेलाको आयोजना गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौंं महानगरपालिका २६स्थित त्रिदेवी मार्गमा जेठ ५ गते शनिबार खाना तथा हस्तकला मेला हुने भएको हो ।
परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि शनिबार खाना तथा हस्तकला मेला आयोजना भइरहेको जनाएका हुन् । मेला बिहान १०देखि राति १० बजेसम्म सञ्चालन हुने त्यो मेलामा ३० वटा प्रदर्शनी कक्ष रहने जनाइएको छ ।