काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनका विद्यार्थीहरूले संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् ।
प्रहरीले प्रदर्शनका क्रममा ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना केटा र २ जना केटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका छन्