Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नरबहादुर ओली र शिव अग्रवालद्वारा सञ्चालित बर्दिया डिस्टिलरीको करोडौं राजस्व छलीको मुद्दा के हुँदैछ ?


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 1.1k
    Shares

  • नरबहादुर ओली र शिव अग्रवालद्वारा सञ्चालित बर्दिया डिस्टिलरीको करोडौं राजस्व छलीको मुद्दा के हुँदैछ ?

    काठमाडौं । नरबहादुर ओली र शिव अग्रवालद्वारा सञ्चालित  बर्दिया डिस्टिलरी र अन्य कम्पनीको करोडौं राजस्व छलीको मुद्दा तीन वर्ष बितिसक्दा पनि दर्ता हुन सकेको छैन् ।

    २०७८ सालमा राजस्व अनुसन्धान विभागले बर्दिया डिस्टिलरी र उसका भगिनी कम्पनीहरूमा छापा हानेको थियो ।छापा हानेर सूक्ष्म अनुसन्धान थालेको राजस्व अनुसन्धान विभागले झण्डै तीन वर्ष पछाडि मुद्दा लाने तयारी गरेको बताइएको छ ।

    त्यसबखत गुणस्तरमा कमी र राजस्व चुहावट गरेको आंशकामा बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरूमा राजस्व अनुसन्धानले छापा हानेको थियो ।  बर्दिया डिस्टिलरीका सञ्चालकद्वय ओली र अग्रवालका झण्डै दश ओटा कम्पनीहरू छन् । ओम वैभव लक्ष्मी प्रालि, चित्रालेखी सप्लायर्स, मेगाश्री सप्लायर्स, ओम शिव शिखर स्टोर्स, त्रिवेणी ट्रेडलिंक प्रालि, तानिया पसमिना एन्ड इन्डस्ट्रिजलगायतका कम्पनीहरू रहेका छन् ।

    यी कम्पनीहरूले आयात , उत्पादन, खुद्रा बिक्रीलगायतका काम गर्दै आएका छन् । सञ्चालकद्वयका सबै कम्पनीहरूले झण्डै २० करोड रुपैया राजस्व छली गरेको त्यसबखत राजस्व अनुसन्धान विभागले प्रारम्भ्कि निष्कर्ष निकालेको थियो ।राजस्व अनुसन्धान विभागले ठुलो मात्रामा राजस्व चुहावट गरेको निष्कर्ष निकाली बर्दिया डिस्टिलरी र त्यसका सञ्चालक र सिस्टर कम्पनीहरूमाथि छापा हानेपछि चलखेलमा लागेका त्यसका सञ्चालकहरू राजस्व अनुसन्धानदेखि विभिन्न शक्ति केन्द्रहरूमा धाएका थिए ।

    अहिले मुद्दा दर्ता रोक्न त्यसका सञ्चालकहरू विभिन्न शक्तिकेन्द्रहरूमा धाउँदै छन् ।बर्दिया डिस्टिलरीले ७०युपी सम्मका विभिन्न ब्रान्डका मदिराहरूको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस