Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राष्ट्रिय वाणिज्य बैंकको सीईओ छान्न ५ जना छनौट सूचीमा


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 744
    Shares

  • राष्ट्रिय वाणिज्य बैंकको सीईओ छान्न ५ जना छनौट सूचीमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दिएका आवेदकहरू मध्येबाट पाँच जनाको नाम छनोट सूची (सर्ट लिस्ट)मा परेका छन् । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले छानेका उत्कृष्ट पाँच उम्मेदवारहरूमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।बैंकका उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी सार्वजनिक गरे अनुसार बैंकको सीईओ पदका लागि २० जनाले आवेदन दिएका थिए ।
    छनोटमा परेका ५ जना उम्मेदरवारलाई आगामी जेठ ९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ । पाँच जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिने र अन्तिम तीनबाट एक जना सर्वोत्कृष्टलाई  सीईओको जिम्मेवारी दिइने छ ।सो पदका लागि नेपाल बैंकका पूर्वसीईओसमेत रहेका कृष्णबहादुर अधिकारीसँग बैंकिङ्ग क्षेत्रमा २ दशक बढी काम गरेको अनुभव छ ।

    यसैगरी देवेन्द्ररमण खनाल राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी सम्हालिरहेका व्यक्ति हुन् । डेढ दशक बैंकिङ क्षेत्रको अनुभव संगालेको खनाल वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत खनालले कामु जिम्मेवारी पाएका हुन् ।

    सीईओको दौडमा रहेका प्रकाशचन्द्र अधिकारी एक महिना अघिसम्म एनआईसी एशिया बैंकमा कार्यरत थिए । यस्तै विष्णुदेव यादव नेपाल एसबीआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर हुन् । यादव नेपाल एसबीआई बैंकमा २७ वर्षदेखि काम गर्दै आएका छन् । उनले सोही बैंकबाट नै आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए 

     

    प्रतिक्रिया दिनुहोस