Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

दश महिनाको व्यापार घाटा साढे एघार अर्ब बढी


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 546
    Shares

  • दश महिनाको व्यापार घाटा साढे एघार अर्ब बढी

    काठमाडौं ।चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैया भन्दा बढी भएको छ । चालु आव  २०८०÷८१ को दश महिना साउनदेखि बैशाखसम्म मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको  भन्सार विभागले जनाएको हो ।

    विभागको प्रतिवेदन अनुसार गत चैत महिनासम्म खर्ब १० अर्ब ५३ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महिना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

    वैशाखसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोही अवधिको भन्दा २.२६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

    वैशाखसम्ममा १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । गत आवको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको हो ।

    चालु आर्थिक वर्षको १० महिनामा आयात निर्यात दुबै घटेको छ । आयात २.३९ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६१ प्रतिशतले घटेको छ ।भन्सार विभागका अनुसार वैशाख महिनासम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

    यसैगरी यस अवधिमा १ खर्ब २६ करोड १७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोही अवधिमा १ खर्ब २० अर्ब ४४ करोड २२ लाख रुपैयाँको वस्तु र सेवा निर्यात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस